बालबालिका लाई सुनौ...       Listen To Children...

Tel: 977-047520915 | 977-9851001193

News on educational materials and warm clothes support to 484 school student in tinkanya sindhuli
DSC_0230

सिन्धुली, ५ माघ । हिउँदको महिना, एकसरो कपडामा घरभित्रको बसाई । त्यसमा पनि बालबालिका । सहजै अनुमान गर्न सक्छौं उनीहरु कति कष्टकर जीवन बिताइरहेका छन् भनेर । हो अहिले भूकम्प प्रभावित बालबालिकाहरुको जनजीवन दयनीय बन्दै गएको छ । भूकम्पले घर छैन, विद्यालय जेनतेन धाइरहेका बालबालिकाहरुको आङ ढाक्ने कपडा पनि छैन । भएको एकसरोले हिउँदको जाडो धान्दैन ।
हिउँदको चिसो । बालबालिकाहरु विद्यालयमा एकसरो कपडाका भरमा पढिरहेका छन् । अझ भूकम्प प्रभावित बालबालिकाहरुको त एकसरो कपडा पनि च्यातिएको अवस्थामा दैनिकी गु्जार्न बाध्य बनेका छन् । कतिपय भवन भत्किएकाले भवन नै छैन । भएको भवन पनि बस्न लायकका छैनन् । तर पनि जोखिममै विद्यार्थीहरु पढिरहेका छन् । पुराना भवनहरु भत्किएपछि बनेका अस्थायी टहरोको बसाई र एकसरो कपडाको लवाई बालबालिकाहरुका लागि कम्ति कष्टकर छैन ।
बालबालिकाका यी कष्टकर जीवन शैलीमा सहयोगीहरुले अहिले साथ दिन थालेका छन् । न्यानो कपडा, झोला, स्टेशनरी सामग्री दिएर विभिन्न संस्थाहरुले अहिले भूकम्प प्रभावित बालबालिकालाई हौसला दिने गरेको छ । सिन्धुलीको तीनकन्या गाविसमा रहेका पाँच वटा विद्यालयमा न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ ।

रिलिफ नेपाल सिन्धुलीको समन्वयमा नेपाल जेसुयट सामाजिक संस्था र टेरी डेस जोम्सको आर्थिक सहयोगमा सहयोगी सामग्री वितरण गरिएको हो । भूकम्प प्रभावित बालबालिकाका लागि थप हौसला प्रदान गर्न कपडा र पठनपाठनका सामग्री सहयोग गरेको सहयोगीहरुले बताएका छन् । आजका बालबालिका भविष्य भएकाले पनि उनीहरुको पठन पाठनमा सहयोग गर्नु आफूहरुका कर्तव्य भएको उनीहरुले बताएका छन् ।

कठ्यांग्रिँदै दैनिकी गुजारिरहेका बालबालिकाहरु कपडा, झोला र स्टेशनरी सामग्री पाएपछि खुशी भएका छन् । उनीहरुले आफ्नो पढाईका लागि सहयोगबाट मद्दत मिल्ने समेत बताएका छन् ।

बालबालिकाकाका लागि सहयोगी सामग्री पाएपछि बालबालिका मात्र होइन, शिक्षक तथा अभिभावकहरु पनि खुशी भएका छन् । बालबालिकाको स्वास्थ्यका लागि कपडा र पढाईका लागि झोला र स्टेशनरी सामानहरु उपलव्ध हुँदा शिक्षकहरुले पनि निकै खुशी व्यक्त गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा सहयोग पु¥याउँदै आएको नेपाल जेसुइत सामाजिक संस्था, टेरी डेस जोम्सको सहयोगमा रिलिफ नेपालले तीनकन्या गाविसमा पहिलोपटक विद्यार्थीहरुलाई सहयोग वितरण गरेको हो । अझ सोही गाविसमा समेत धेरै विद्यार्थीहरु चिसोका कारण कष्टकर दैनिकी गुजार्न बाध्य छन् । अझै सहयोगीको आवश्यक रहेको स्थानीय बासिन्दाको भनाइ छ ।

भूकम्पले ग्रस्त जाजरकोटमा रिलिफले बनायो टीएलसी भवन

January 30, 2024

https://sarokartimes.com/news-details/980/2023-12-28?fbclid=IwAR2vXL32bi0vY4aMShDmVwRPj6MVDr2KrY3mG3

भूकम्प पीडितलाई रिलिफ नेपालबाट सहयोग

January 30, 2024

https://www.abcnepal.tv/posts/217505?fbclid=IwAR0C091ZdUAs5Z6b7HwDLhMJGWIIT6n7pns5FVGRbWwSkXx7xdlP04
View All
Visual Reports
Recent Audios

1. Success Story Pabitra

View more
Related Link

Relief Nepal is a non-profit non-government organization dedicated to improve the quality of life of poor, Youth, underprivileged and most disadvantaged people in Nepal.

1

Sign up for our mailing list to get latest updates and offers.

We respect your privacy

Head Office:

Kamalamai Municipality-6, Sindhuli
Contact No: +977-047-520915
Email: [email protected]


Secretariat Office:

Mahalaxmi Municipality-10, Lalitpur
Contact No: +977-9851001193
Email: [email protected]

1